logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हतारमा लकडाउन हटाउनु खतरनाक : डब्लुएचओ


अंकुरण खबर
1.157K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभर भइरहेको लकडाउन खुला गर्ने हो भने मृतकको संख्या तीव्र रुपमा बढ्न सक्ने चेतावनी दिएको छ।

डब्लुएचओ प्रमुख टेड्रोस अडेनम गिब्रियेससले निकै सोचविचार गरेर मात्र लकडाउन खोल्नुपर्नेमा जोड दिएका छन्।

युरोपमा इटाली र स्पेन कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छन्। तर, यी दुवै देशमा लकडाउन केही खुकुलो बनाइएको छ। विश्वका दुई सयभन्दा बढी मुलुक कोरोना भाइरसबाट प्रभावित छन् र अधिकांश देशमा लकडाउन गरिएको छ।

जेनेभामा आयोजित एक न्युज कन्फ्रेन्समा डब्लुएचओ प्रमुखले भनेका छन्, ‘हामी लकडाउन कसरी खुकुलो बनाउन सकिन्छ भनेर रणनीति बनाउने काम गरिरहेका छौं । यसमा हतार गर्नु हुँदैन।’

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबार बिहानसम्ममा १ लाख नाघेको छ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भाइरस संक्रमणको सय दिन पूरा हुँदा मृतकको संख्या १ लाख २ हजार ६ सय ७ पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या १६ लाख ८१ हजार ९ सय ६४ छ। बीबीसी