logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा लगातार सुधार


अंकुरण खबर
975
Shares

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा लगातार सुधार हुँदै गएको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

जोन्सनमा अति राम्रो मनोबल रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन्। आइसियूबाट बाहिर रहेका जोन्सनको उपचार लण्डन स्थित सेन्ट थोमस हस्पिटलमा भइरहेको छ ।

जोन्सनलाई अक्सिजन दिइएको छ । उनलाई बिहीबार सघन उपचार कक्षबाट निकालिएको थियो । गएको आइतबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यसको भोलिपल्ट उनलाई आइसियूमा राखिएको थियो । कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

जोन्सनलाई आइसियूमा राखिए पनि भेन्टिलेटरमा भने नराखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।