logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा पुनः कोरोना संक्रमित थपिँदै


अंकुरण खबर
962
Shares

चीनमा कोरोनाको संक्रमण रोकिए पनि नयाँ संक्रमण देखिने क्रम बढ्न थालेको छ । चीनको नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार ४६ जनामा संक्रमण देखिएको छ ।

यसअघि बिहीबार ४२ जना संक्रमित भेटिएका थिए । ४६ मध्ये ३४ जनामा कोरोनाको आशंका गरिए पनि स्पष्ट लक्षण भने देखिएको छैन ।

यो सँगै चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१ हजार ९५३ पुगेको बीबीसीले जनाएको छ ।