logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५२ देशका २२,०७३ स्वास्थ्यकर्मी कोरोना संक्रमितः विश्व स्वास्थ्य संगठन


अंकुरण खबर
819
Shares

विश्व स्वास्थ्य संगठनले शनिबारको आफ्नो रिपोर्टमा हालसम्म २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसद्वारा संक्रमित भएको जानकारी दिएको छ ।

संगठनका अनुसार अप्रिल ८ तारिखसम्म ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी प्रभावित भइसकेका छन् ।

संगठनले भनेको छ, ‘सबै देशले आफ्ना कति स्वास्थ्यकर्मीमाथि संक्रमण देखिएको छ भनेर पक्का जानकारी दिएका छैनन् तसर्थ यो आँकडा यहाँ उल्लेख गरिएको भन्दा पनि बढी हुनसक्छ ।’

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीले कोरोनाभाइरसविरुद्धको लडाईंमा फ्रन्ट लाइनमा उभिएर महत्वपूर्ण भूमिका निभाइरहेका छन् । संगठनले भनेको छ, ‘यतिबेला उनीहरु संक्रमित बिरामीहरुको पूर्ण रेखदेख गरिरहेका छन् ताकि उनीहरुबीच हुने संक्रमण रोक्न सकियोस् ।’