logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा


अंकुरण खबर
858
Shares

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या अमेरिकामा २० हजार नाघेको छ। यो संख्या इटालीको भन्दा बढी हो।

जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार संक्रमितको संख्या पनि अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ५ लाखभन्दा बढी कोरोना संक्रमित छन्।

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख २ हजार २६ पुगेको छ भने संक्रमितको संख्या १७ लाख नाघेको छ।

चार लाखभन्दा बढी मानिस भने कोरोना संक्रमित भएर पनि निको भएका छन्। सबैभन्दा बढी चीनमा ७७ हजारभन्दा बढी कोरोनाबाट ठिक भएका छन्। त्यहाँ करिब ८३ हजार संक्रमित भएका थिए।