logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तिम संस्कारमा सहभागी भएका २१ मलामीमा कोरोना भाइरस, ५ जनाको मृत्यु


अंकुरण खबर
975
Shares

अन्तिम संस्कारमा सहभागी हुन पुगेका २१ मलामीमा कोरोना भाइरसको पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको छ।

यो घटना लण्डनस्थित इस्कोन भन्ने स्थानको हो। १२ मार्चमा एक व्यक्तिको अन्तिम संस्कारमा सहभागी हुन पुगेका २१ मलामीमा कोरोना संक्रमणको पुष्टी भएको लण्डनका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। उक्त अन्तिम संस्कारमा एक हजारको संख्यामा मानिसहरु सहभागी भएका थिए।

लकडाउन पहिले भएको थियो शवयात्र

समाचारका अनुसार उक्त सभामा ३० देखि ४० वर्ष उमेर समुहका मानिसहरु सहभागी बनेका थिए। इस्कोन प्रबन्धनले मन्दिरसँग जोडिएका भक्तजनको बचाउ गरेको छ। मन्दिरमा भएको अन्तिम संस्कारमा सहभागी हुन त्यो बेला बेलायतमा कुनै रोकतोक गरिएको थियो।

बेलायतमा लकडाउनअघि नै उक्त सभाको आयोजना भएको थियो। उक्त सभामा सहभागी भएका मध्ये ५ जनाको कोरोना संक्रमणका कारण अवस्था गम्भिर भएर मृत्यु भएको समाचारमा उल्लेख छ भने २१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ।

अन्तिम संस्कार भएको एक हप्तापछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका थिए। बेलायतमा कोरोना भाइरसबाट ७८ हजार ९९१ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ।