logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा गाडी रोक्न खोजेपछि प्रहरीमाथि आक्रमण, हात काटियो


अंकुरण खबर
1.248K
Shares

भारतमा लकडाउन उलंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा हात काटिएको छ ।

पंजाबमा आइतबार लकडाउनकाबीच निहंगा सिख समुदायका मानिसहरु सकडमा गाडी लिएर निस्केका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। त्यही समयमा निहंगाहरूले प्रहरीमाथि तरवार प्रहार गरि हमला गरेका हुन। यस क्रममा एक प्रहरी अधिकारीको हात काटिएको छ।

स्थानीय समयअनुसार सवा छ बजे पटियालास्थित तरकारी बजारमा चार जनाको समूहले स्थानीय प्रहरी असई हार्जीत सिंहको हात काटेका हुन।

उनीहरुको गाडी तरकारी बजारमा प्रवेश गर्ने क्रममा प्रहरी टोलीले लकडाउनमा सवारी चलाउन पाउने पास नभएको भन्दै रोकेपछि सोही निहुँमा प्रहरीमाथि आक्रमण भएको हो।

आक्रमणमा प्रहरी असईको हात काटिएको छ भने अन्य प्रहरी अधिकारीको काँध, कुहिनो तथा खुट्टामा चोट लागेको छ। प्रशासनले बिना पास सडकमा यात्रा गर्न तथा गाडी चलाउन रोक लगाएको छ।

प्रहरीले कडाई गर्नेक्रममा भारतका विभिन्न ठाँउमा प्रहरीमामाथि आक्रमण भएका घटना सार्वजनिक भइरहेको छन्। पंजाब प्रहरीले घटनामा संलग्न रहेका नौ जनालाई पक्राउ गरेको छ।