भारतको मध्य प्रदेश स्थित शिवपुरी जिल्लामा कोरोनाका संक्रमित बचाउन उपचारमा खटिएकी एक चिकित्सकको मृत्यु भएको छ।
शिवपुरी मेडिकल कलेजकी फार्मासिस्ट बन्दना तिवारीको ‘ब्रेन ह्यामरेज’ भएर ज्यान गएको हो। भारतीय मिडियाका अनुसार शिवपुरी मेडिकल कलेजमा फार्मासिस्टका रूपमा कार्यरत वन्दना कोरोना संक्रमण बिरूद्ध काम गर्ने टोलीमा कार्यरत थिइन्।
मार्च ३१ मा ड्युटीमा रहेकी उनको स्वास्थ्यमा अचानक खराबी देखिएको थियो। त्यसपछि जिल्ला अस्पतालमा लगिएकोमा अस्पतालमा निधन भएको हो। कोरोनाका बिरामीको उपचारका लागि उनी ३ बर्षीय बालकलाई घरमै छाडेर अस्पताल पुगेकी थिइन्। लगातार धेरै समय ड्युटी गर्दा उनको ज्यान गएको हो।
भारतमा बिरामीको उपचारमा खटिएका चिकित्सको संक्रमित बाट र ‘ओभर टाइम ड्युटी’ का कारण ज्यान ज्याने गरेका घटना बढ्न थालेका छन। भारतभर ८ हजार भन्दा बढि मानिस संक्रमित भएका छन् भने २७३ जनाको मृत्यु भएको छ।