logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा फेरि बढ्यो कोरोना संक्रमण


अंकुरण खबर
3.12K
Shares

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आइसकेको भनिएको चीनमा फेरि झन्डै सयजना नयाँ संक्रमित देखिएका छन्। यीमध्ये अधिकांश विदेशबाट आएकाहरु हुन्।

चीनमा अहिलेसम्म ८२ हजारमा संक्रमण देखिएको छ। कोरोनाको उद्गम सहर वुहानको लकडाउन साढे दुई महिनापछि भर्खरैमात्र खोलिएको थियो। फेरि नयाँ संक्रमित देखिन थालेपछि चिन्ता थपिएको छ।

कोरोना पुनः फैलिन नदिन त्यहाँ समूहमा भेला नहुन तथा पूर्वसावधानी अपनाउन भनिएको छ। बीबीसी