चीनको मेनल्यान्डमा कोभिड(१९ का एक सय आठ जना नयाँ बिरामी देखिएका छन्।
तीमध्ये ९८ जना भरखरै विदेशबाट आएका चिनियाँ नागरिक हुन्। बीबीसी र रोयटर्सका अनुसार यसबाट चीनमा कोभिड-१९ को दोस्रो तरंग शुरु हुने जोखिम देखिएको छ।
आन्तरिक बिरामी कम हुँदै जाँदा कोरोना भाइरस संक्रमणको उद्गम स्थल वुहानमा ११ सातादेखि लगाइएको लकडाउन गत साता हटाइएको छ।
आइतबार चीनमा कोभिड-१९ का कारण दुई जनाको मृत्यु भयो। हालसम्म चीनमा मृतक संख्या तीन हजार तीन सय ४१ पुगेको छ।
यस्तै, कोभिड-१९ को लक्षण देखिएका ६१ जना बिरामी पनि आइतबार रेकर्ड भएका छन्। उनीहरूको परीक्षण भइरहेको अधिकारीहरूले जनाएका छन्।