logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायती प्रधानमन्त्री जोनसनलाई कोरोना निको भयो


अंकुरण खबर
1.313K
Shares

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड-१९) निको भएको छ । उनको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ ।

प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहेका छन् । सरकारी कार्यालय डाउनिङ स्ट्रीटको तुलनामा सुरक्षित भएको भन्दै उनलाई चेकर्स लगिएको खबरमा बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो ।

बेलायतमा ८८ हजार ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।