logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पका मिलनसार साथीको पनि कोरोनाले मृत्यु


अंकुरण खबर
767
Shares

अमेरिकी चर्चित ब्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पका मिलनसार साथीको पनि कोरोना भाइरसले ज्यान गएको छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पका मिलनसार साथी ७० बर्षिय स्टानले चेराको आइतबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनी न्युयोर्कका चर्चित रियल स्टेट कारोबारी थिए ।

स्टानले ट्रपका नजिकका साथी भएको र उनले ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनका लागि करिब ४० लाख डलर सहयोग गरेको बताइदै आएको थियो ।

आफ्ना मिलनसार साथीको मृत्यु भएपछि ट्रम्प यतिबेला मित्रशोकमा परेका छन् ।