भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या मंगलबार १० हजार नाघेको छ ।
भारतमा कूल संक्रमित संख्या १० हजार ५ सय ४१ पुगेको छ । यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र ३१ जनाले ज्यान गुमाएका छन् । महामारी फैलिएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मात्र आगामी २१ वैशाखसम्मका लागि लकडाउन अवधि लम्ब्याउने घोषण गरेका छन् ।