logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिल्म निर्माता करिमको दोस्रो रिपोर्ट पनि पोजेटिभ


अंकुरण खबर
1.417K
Shares

रावन, चेन्नाई एक्सप्रेस चलचित्र निर्माता करिम मोरानीको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।

बिनाकुनै कोरोनाको लक्षण अप्रिल ८ मा गरिएको परीक्षण पोजेटिभ आएपछि उनलाई मुम्बाईस्थित नानावति अस्पतालमा राखिएको छ ।

भारतीय मिडियाका अनुसार मोरानी दुईपटक हृदयाघातबाट जोगिइसकेका छन् । मोरानीअघि उनका दुई छोरी जोआ र शाजामा कोरोना देखिएको थियो । अहिले उनीहरू दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।

करिमका दुई छोरीमा कोरोना देखिएपछि मुम्बई प्रहरीले उनीहरूको घर सिल गरेको थियो । एजेन्सी