logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोना कहर : अस्पतालका कोठादेखि पार्किङ स्थलसम्म शव


अंकुरण खबर
1.17K
Shares

अमेरिकाको डेट्रोइटस्थित सिनाई-ग्रेस अस्पतालको आपतकालीन कक्षका कर्मचारीबीच सेयर गरिएका अप्रिलको शुरुवातका केही तस्वीरले कोभिड-१९ बाट ग्रसित अमेरिकी समाजको विदिर्ण चित्र देखाउँछन्।

अस्पतालका खाली कोठा र पार्किङ स्लटमा कोभिड-१९ बाट मृत्यु भएकाहरूका शव राखिएको छ। सीएनएनले यी तस्वीर अस्पतालका कर्मचारीमार्फत प्राप्त गरेको हो।

अस्पतालका कर्मचारीहरूका अनुसार उनीहरूलाई अध्ययन र आराम गर्न छुट्याइएका कोठामा कोभिड-१९ का मृतकको शव राख्‍ने गरिएको छ। खासगरी, मुर्दाघरका कर्मचारी राति काम गर्दैनन्। र, मुर्दाघर पनि खाली छैनन्।

एउटा तस्वीरमा दुईवटा शव बिछ्यौनामा राखिएको छ र अर्को एउटालाई बिछ्यौनासँगैको कुर्सीमा। तीनवटै शव सेतो कपडामा प्याक गरिएको छ।‘हामीले बाहिर फ्रिजर पाएनौं, मुर्दाघरका कर्मचारीले राति काम गर्दैनन्,’ अस्पतालका एक कर्मचारीले सीएनएनसँग भने, ‘त्यसैले शवहरूलाई यहाँ राख्‍नु परेको हो।’

उक्त घटना सार्वजनिक भएलगत्तै शवहरूको व्यवस्थापनका लागि शहरका दुई अस्पतालले पोर्टेबल रेफ्रिजरेटर खरिद गरेका छन्। गत शनिवार सीएनएन संवाददाता ती अस्पतालमा पुग्दा पार्किङ लटमा पाँचवटा रेफ्रिजरेटर ल्याएर राखिसकिएको थियो।

अर्को तस्वीरमा कपडामा बेरी आपसमा टँसाएर राखिएका शवहरू देखिन्छन्। अस्पतालको यो युनिट पूर्ण वातानुकुलित छ। कोभिड-१९ का मृतक बढ्दै गर्दा शवहरूलाई अव्यवस्थित ढंगले राख्‍नु परेको आकस्मिक कक्षका दुई कामदारले बताए। शवहरूको व्यवस्थापनका लागि मद्दत गर्ने लिफ्टसम्म उपलब्ध नभएको उनीहरूको भनाइ थियो।

अस्पतालका प्रवक्ता ब्रायन टेलरले अस्पतालमा आएका बिरामीलाई उनीहरू डिस्चार्ज नहुन्जेल स(सम्मान उपचार गर्ने गरिएको बताए। न्युयोर्कलगायत अन्य शहरको तुलनामा आफ्नो अस्पतालमा कोभिड-१९ का कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि मोबाइल रेफ्रिजरेटरलगायत सुविधा उपलब्ध रहेको उनको भनाइ थियो। सीएनएन