भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र बनेको छ। महामारी र लकडाउनका कारण त्यहाँ जनजिवन निकै कष्टकर बनेको छ भने झन् त्रास बढिरहेको छ।
यसैबीच, बुधबार मुम्बईमा एक कोरोना संक्रमित महिलाले अस्पतालमै आत्महत्या गरेकी छन्। २९ वर्षीया महिलाले अस्पतालमै आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
ती महिला कोरोना भाइरसबाट पीडित थिइन् र उनको मुम्बईको नायर अस्पतालमा भइरहेको थियो। उनले अस्पतालको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी हुन।
अस्पतालले दिएको जानकारी अनुसार ती महिलाले बुधवार बिहान पौनै ४ बजे अस्पतालको बाथरुममा आफ्नो स्कार्फ निकालेर बाथरुममै झुण्डिएकी थिइन्। स्थानीय प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
भारतमा कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका हुन। जसमा मुम्बई सबैभन्दा बढी प्रभावित बनेको छ। यी महिला वर्लीकी बासिन्दा थिइन उक्न ठाउँ कोरोना भाइरसबाट निकै प्रभावित छ। कोरोनाले ठूलो विनाश निम्त्याइरहेको महाराष्ट्रमा हरेक दिन जसो सयौं नयाँ घटनाहरू देखा पर्ने गरेका छन्। मृत्युको संख्या पनि बढ्दो छ।
मंगलबार मात्र हजारौं मजदुरहरू महाराष्ट्रको मुम्बईको सडकमा उत्रिएका थिए । जसले गर्दा लकडाउनबारे प्रश्नहरू खडा गरिदिएको छ। ठूलो संख्यामा भेला भएका मानिसहरुमाथि प्रहरीले लाठी प्रहार गरेर तितरवितर गरेको थियो। एकै ठाउँमा भेला भएका कामदारहरूमा कोरोना भाइरसको जोखिमबारे चिन्ता भइरहेका छन।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा बुधवार बिहानसम्म कोरोना भाइरसका जम्मा २६८७ घटनाहरू देखा परेका छन् । जसमध्ये १७८ जनाको मृत्यु भइसकेको छ। भारतभर हालसम्म कोरोनाबाट ११ हजार बढि संक्रमित छन् भने ३७७ जनाको मृत्यु भइसकेको छ।