अमेरिकामा एक महिलाको कोरोनाबाट कारागारमै ज्यान गएको छ। केन्द्रीय भर्जिनिया कारागारमा राखिएको महिला कैदीको कोरोनाभाइसबाट मृत्यु भएको छ ।
यसरी कारागारमा उक्त महिलाको कोरोना भाइरसबाट पहिलो मृत्यु भएको अधिकारीहरूले मंगलबार जनाएका छन् । भर्जिनिया सुधार विभागका अनुसार गुचल्याण्ड स्थित भर्जिनिया सुधार केन्द्रका ४९ बर्षिय एक कैदी महिलाको मंगलबार बिहान अस्पतालमा मृत्यु भएको छ।
ती बन्दीलाई अप्रिल ४ मा रिचमण्डको भिसियु मेडिकल सेन्टर९चिकित्सा केन्द्र०मा उनलाई कोरोनाभाइरसको संक्रमण भए पछि उपचारका लागि लगिएको थियो। उनको मृत्यु नहुन्जेल उपचारको लागि अस्पतालमै राखिएको थियो ।
उक्त महिलाको पहिचान हुन नसकेको र उनलाई हेपाटाईटिस सहित अन्तर्निहित स्वास्थ्य दम बाट पिडित थिइन् । एजेन्सी