नौसेना सवार फ्रान्सको दुई सैन्य पानीजहाजमा कोरोनाको संक्रमण देखिएको छ ।
दुई पानीजहाजमा सवार एक हजार ७६७ नौसेनामध्ये ६६८ जनामा कोरोनाको संक्रमण देखिएको हो । बुधबार फ्रान्स सरकारले दिएको जानकारीअनुसार चाल्र्स डि गाउले पानीजहाज र अर्को युद्धक विमान बोक्ने पानीजहाज आइतबार मात्र टाउलोन आइपुगेको थियो ।
पहिले ५० जनामा कोरोना संक्रमण देखिएको थियो । पछि परीक्षणका क्रममा ६ सयभन्दा बढीमा कोरोना देखिएको हो ।
पानीजहाजमा कोरोना संक्रमण नदेखिएका पनि हाल क्वारेन्टिनमा छन् । हालसम्म फ्रान्समा एक लाख ४७ हजार ८६३ कोरोना संक्रमित छन् । त्यहाँ १७ हजार १६७ को मृत्यु भइसकेको छ । सीएनएन