logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेत सरकारद्वारा विदेशी नागरिकको भिसा म्याद तीन महिना थप


अंकुरण खबर
1.534K
Shares

कुवेत सरकारले विदेशी नागरिकका लागि भिसाको म्याद तीन महिना थप्ने भएको छ ।

मार्च १ देखि ३१ मेसम्मका लागि कुवेत सरकारले आवासीय भिसा स्वतः थप गर्न लागेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण लकडाउनले मारमा परेका विदेशी नागरिकलाई कुवेत सरकारले यो सुविधा दिन लागेको हो ।

यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू दूताबासले जनाएको छ ।