रोजगारीको लागि नेपालीहरु खाडी मुलुकमा धेरै गएका छन् । कोरोनाको असरबाट खाडी मुलुकमा पनि नराम्रोसंग प्रभावित भएको छ ।
त्यसमा खाडी मुलुक रहेका नेपालीहरुमा पनि अहिलेसम्मको तथ्याड. हेर्दा १०० जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । सम्बन्धित देश र त्यहाँ रहेका नेपाली दूतावासबाट ८४ जना नेपाली संक्रमित भएको जानकारी गराइएपनि १०० बढी नेपाली संक्रमित रहेको गैरआवासीय नेपाली संघका अधिकारीहरुले बताएका छन् ।
हालसम्म युएईमा ११ जना संक्रमित रहेका छन् भने त्यसमा दुई जना निको भएका छन् । यसैगरी कुवेतमा १९ जना, बहराईनमा ४९ जना, साउदीमा ४ जना र मलेसियामा १ जना केरोनाबाट संक्रमित रहेका छन् । ती मध्ये युएईमा एक नेपाली महिलाको मृत्यु समेत भएको छ ।
यस्तै युएईमा ५ हजार ८२८ जना संक्रमित हुँदा ३५ जनाको मृत्यु भएको छ भने मलेसियामा ५ हजार २५१ जना संक्रमित हुँदा ८६ जनाको मृत्यु भएको छ । यस्तै कतारमा ७ जनाको मृत्यु हुँदा ४६ सय जना संक्रमित छन् ।
हालसम्म खाडी मुलुकमध्ये साउदी अबरमा कुल ७ हजार १४२ जना संक्रमित भएका छन् भने ८७ जनाको मृत्यु भइसकेको छ । खाडीमा सबैभन्दा बढी कोरोना प्रभावित देश साउदी नै हो ।
यसैगरी बहराईनमा १७४० जना संक्रमित हुँदा ७ जनाको मृत्यु भएको छ । कुवेतमा १६५८ जना संक्रमित र ५ जनाको मृत्यु भएको छ । ओमानमा १०५९ जना संक्रमित हुँदा ६ जनाका मृत्यु भएको छ । अहिलेसम्म ओमानमा नेपालीमा केस देखिएको जानकारी छैन ।