logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले जानीजानी कोरोना फैलाएको भए भयानक नतिजा भोग्नुपर्छ : ट्रम्प


अंकुरण खबर
832
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले खराब नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

चीनको गल्तीका कारण संसार नै कोरोना भाइरस (कोभिड-१९) को महामारीमा फसेको उनले बताए ।

सुरुआती चरणमै कोभिड–१९ रोक्न सकिएको भए अहिले महामारीका रुपमा फैलने थिएन भन्दै उनले त्यसमा चीनको दोष रहेको टिप्पणी गरे । ह्वाइट हासउमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘चीनले गल्ती गरेको छ, गल्ती आखिर गल्ती नै हुन्छ ।

यो गल्तीको सजाय उसले भोग्नैपर्छ ।’ ट्रम्पले चीन चुकेको, कोरोना नियन्त्रण गर्न असक्षम भएको वा जानीजानी गल्ती गरेकोमध्ये एक कारण रहेको उल्लेख गरे ।

‘चीनले जानीजानी यस्तो गरेको हो कि होइन भन्नेबारे हामीले अनुसन्धान गरिरहेका छौं’, ‘ट्रम्पले भने, ‘यदि जानीजानी गरेको रहेछ भने यसको नतिजा भयानक हुन्छ, त्यो उसले भोग्नुपर्छ ।’ एजेन्सी