भारतमा मास्क नलगाएको भन्दै छोराको हत्या गर्ने एकजना पक्राउ परेका छन् ।
पश्चिम बंगालमा मास्क नलाएको भन्दै छोराको हत्या गर्ने ७८ वर्षीय श्यामपुकुरलाई प्रहरीले पक्राउ गरेको हो । श्यामपुकुरले शनिबार साँझ ४५ वर्षीय छोराको हत्या गरेको भारतीय मिडियाले जनाएका छन् ।
उनले कपडाले थिचेर छोराको हत्या गरेको प्रहरी समक्ष बयान दिएको बताइएको छ । पटक पटक सम्झाउँदा पनि सँधै मास्क बिना नै घर बाहिर जाने गरेकाले उनले छोराको हत्या गरेको भारतीय मिडियाले लल्लेख गरेका छन् ।