logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले भनिन्, ‘हामीले संक्रमणमाथि नियन्त्रण पायौं’


अंकुरण खबर
1.053K
Shares

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरसको विषयमा न्यूजिल्याण्डले अन्य देशको तुलनामा शानदार काम गरेको बताएकी छिन् ।

उनले आफ्नो दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा न्यूजिल्याण्डले संक्रमणमाथि लगभग नियन्त्रण पाएको बताएकी छिन् ।

न्यूजिल्याण्डमा कोरोना संक्रमणका कारण हालसम्म १२ जनाले ज्यान गुमाएका छन् । जसिन्डाका अनुसार उनले हरेक व्यक्तिको स्वास्थ्यबारे फोनमा जानकारी प्राप्त गर्ने गर्छिन् ।

उनले भनिन्, ‘हामी ती सिमित देशमध्ये एक हुनसक्छौं जसले यस्तो स्थितीमा पनि केही काम गर्न सकेका छौं । सरकारी अधिकारी विश्वस्त छन् कि देशमा कम्युनिटी ट्रान्समिसन भइरकेको छैन ।’

न्यूजिल्याण्डमा २८ अप्रिलदेखि लकडाउन थोरै खुकुलो बनाइएको छ । कोरोबार बिस्तारै सुरु  हुनेछन् र पसल सर–सफाइका लागि केही कर्मचारीले छुट पाउनेछन् । यद्यपि, सामाजिक दुरी र घरमै बस्ने नियम भने केही समयका लागि लागू हुनेछन् । एजेन्सी