logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा एकैदिन २४ हजार ४९८ कोरोना संक्रमित बढे, १७ सय ७४ को मृत्यु


अंकुरण खबर
1.313K
Shares

अमेरिकामा कोरोना भाइरस ‘कोभिड १९’ का कारण मृत्यु हुनेको संख्या ४१ हजारभन्दा बढी पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कोरोना भाइरसका कारण सोमबारसम्म ४१ हजार ११४ जनाको मृत्यु भएको छ।

यस्तै त्यहाँ संक्रमितको संख्या ७ लाख ७० हजारभन्दा बढी पुगेको छ। अमेरिकाका उपचारपछि स्वस्थ हुने क्रमपनि उल्लेखनीय रुपमा वृद्धि भएको छ।

सोमबारसम्म ७० हजारभन्दा बढी अमेरिकी नागरिक कोरोनाको उपचारपछि स्वस्थ बनेका छन्। अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१,००० ज्यान गुमाउनेमध्ये करिब १४,५०० न्यूयोर्कमा छन्।

गएको २४ घण्टामा अमेरिकामा २४ हजार ४९८ जना नयाँ कोरोना संक्रमित थपिए। सोही अवधिमा १७ सय ७४ को मृत्यु भएको सीएनएनले जनाएको छ। अमेरिकाको ५० राज्यमै कोरोनाको संक्रमण देखिएको छ।

हालसम्म विश्वभर २४ लाख ८ हजार ३०४ कोरोना संक्रमित छन्। कोरोना महामारीका कारण १ लाख ६५ हजार १०५ को मृत्यु भएको छ।

उपचारपछि ६ लख २९ हजार ६६ स्वस्थ बनेका छन्। एजेन्सी