logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यानडामा एकजना बन्दुकधारीले गरे १६ जनाको हत्या


अंकुरण खबर
832
Shares

क्यानडाको ग्रामीण भेग नोभा स्कोटियामा एकजना बन्दुकधारीले गोली प्रहार गरेर १६ जना मानिसको हत्या गरेका छन् ।

एक महिला प्रहरीसहितको यस हत्यालाई शताब्दीकै घातक बताइएको छ । घटनामा संलग्नले स्कोटियाको विभिन्न ठाउँमा मानिसहरूको हत्या गरेका थिए । ती बन्दुकधारीलाई भने प्रहरीको आदेशमा इन्काउन्टर गरिएको छ । अपराधीले पहिलो आक्रमण गरेसँगै त्यस क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन सूचना दिइएको थियो ।

अन्त्यमा बन्दुकधारीलाई कार चलाइरहेका बेला प्रहरीले गोली हानेको थियो । प्रहरी अधिकारीहरूले आक्रमणकारीले सुरुमा कुनै उद्देश्यले हत्या गरेको र त्यसपछि भने लगातार आक्रमण गरेको आशंका गरेका छन् ।

पहिचान हुन बाँकी अन्य पीडितसमेत हुनसक्ने त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन टुर्डेले उक्त घटना निकै दुःखद भएको बताएका छन् । स्कोटिया प्रहरीले बताएअनुसार ती आक्रमणकारी ५१ वर्षीय गोब्रियल वर्टम्यन थिए ।

आक्रमणकारीले प्रहरीको पोसाक लगाएको रोयल क्यानेडियन माउन्टेड प्रहरीले जनाएको छ । आक्रमणमा ज्यान गुमाउने महिला प्रहरी अधिकारी यसै रोयल क्यानेडियन माउन्टेडकै हवल्दार थिइन् । एजेन्सी