logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा रहेका आफ्ना नागरिक लैजान पुनः जहाज पठाउँदै अमेरिका


अंकुरण खबर
884
Shares

कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लैजान संयुक्त राज्य अमेरिकाले पुनः जहाज पठाउने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपालमा रहेका अमेरिकी नागरिक लैजान मंगलबार बिहान एउटा विमान काठमाडौं अवतरण हुँदै छ ।

अमेरिकाले यसअघि पनि नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनाको उद्दार गरेको थियो ।

यसअघि कतार एयरवेजको जहाज चार्टर गरेको अमेरिकाले यसपटक भने आफ्नै देशका कम्पनीको जहाज पठाउन लागेको हो ।

तर, कुन कम्पनीको जहाज पठाउन लागिएको भन्ने विषय भने खुलेको छैन ।