logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध, डिभी पनि रोकिने


अंकुरण खबर
715
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भएका छन्। उनले आप्रवासी नागरिकलाई प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।

कोरोना महामारी नियन्त्रणका लागि ट्रम्पले आप्रवासी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। सुरुवातदेखि नै आप्रवासीप्रति कडा रुपमा प्रस्तुत भइरहेका ट्रम्पले अहिले अमेरिकामा प्रवेश रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा पनि गरेका छन्।

यसअघि उनले अमेरिकाले डिपोर्ट गर्न चाहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउन नचाहने देशलाई भविष्यमा भिसामा प्रतिबन्ध समेत लगाउन सक्ने चेतावनी दिएका थिए।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा महामारीले बजारमा संकटको स्थिति पैदा गरेपछि बेरोजगारी बढेको छ। ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। ट्रम्पको यो निर्णयसँगै अब अमेरिकामा बसोवास गर्न जान चाहने कसैले पनि प्रवेश पाउने छैनन्।

अमेरिकामा आप्रवासनसम्बन्धि सबै प्रक्रिया रोकिएको छ। अब नेपालसहितका मुलुकबाट डिभी चिठ्यामार्फत अमेरिका प्रवेश गर्नेहरुले पनि प्रवेश पाउने छैनन् भने तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका आप्रवासी तथा पर्यटकले समेत प्रवेश पाउने छैनन्।