अमेरिकी अधिकारीहरूले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था नाजुक भएको दाबी गरेका छन् ।
नेता किम हालै १५ अप्रिलमा आफ्ना हजुरबाको जन्मदिनको उत्सवमा सामेल भएका थिएनन् । यसपछि उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ । यद्यपि, उनी हजुरबाको जन्मोत्सवभन्दा ४ दिनअघि एउटा सरकारी बैठकमा सामेल भएका थिए ।
सीएनएनको रिपोर्टअनुसार एक अमेरिकी अधिकारीले किमको स्वास्थ्यलाई लिएर गरिएको चिन्ता विश्वसनीय भएको तर कति गम्भीर हो भनेर भन्न नसकिने बताएका छन् ।
अमेरिकी गुप्तचर विभागको निगरानीअनुसार उत्तर कोरियाली नेता किमको अवस्था मुटुको सर्जरीपछि गम्भीर खतरामा रहेको दाबी गरिएको छ । एजेन्सी