logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी हुन् कोरोना संक्रमित बढी भएका १० देश


अंकुरण खबर
1.196K
Shares

एजेन्सी – कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार छन् ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ८६ हजार संक्रमित छन् ।

दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन् । स्पेनमा २ लाख र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन् ।

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २४ लाख ७५ हजार नाघेको छ ।

कोरोनाबाट बढी संक्रमण भएका १० मुलुक

अमेरिका– ७,८६,६३८
स्पेन – २००,२१०
इटाली – १,८१,२२८
फ्रान्स – १,५६,४८०
जर्मनी – १,४७,०६५
बेलायत -१,२५,८५६
टर्की – ९०,९८०
चीन – ८३,८२६
इरान –  ८३,५०५
रसिया – ४७,१२१