logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्मनीमा डेढ लाख पुगे कोरोनाभाइरस संक्रमित


अंकुरण खबर
780
Shares

जर्मनीमा सोमबार मात्र कोरोनाभाइरसका नयाँ संक्रमित १७८५ जना थपिएका छन् ।

यसका साथसाथै जर्मनीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ४३ हजारभन्दा धेरै पुगेको छ ।

यो तथ्यांक रोबर्र्ट कोच इन्स्टिच्युट फर इन्फेक्सन डिजिजले सार्वजनिक गरेको हो ।

अहिलेसम्म जर्मनीमा कोरोनाभाइरसका कारण ४ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन् । सोमबारभन्दा दुई दिनअघिसम्म जर्मनीमा कोरोनाभाइरस संक्रमितको संख्या विस्तारै कम हुँदै गएको देखिएको थियो ।

यही कारण त्यहाँको सरकराले यो साता साना पसलहरु र स्कुल खुलाउने निर्णय गरेको थियो । तर, अब संक्रमितको संख्या बढ्दै गएपछि सरकारको यो निर्णय फिर्ता हुनसक्ने अनुमान गरिएको छ । एजेन्सी