बेलायतमा एक युवाले बाल्कोनीबाट अन्धाधुन्ध गोली चलाएका छन् ।
ती व्यक्तिले तल सडकमा अन्धाधुन्ध गोली हान्न थालेपछि केन्टको चथम स्थित अपार्टमेन्ट भवनमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
स्थानीयका अनुसार ती मान्छेसँग धेरै बन्दुकहरु रहेको छ । र उनले लगातार मानिसहरुलाई ताक्दै गोली हानिरहेका छन् । यद्धपी हालसम्म कोही घाइते वा मृत्यु भएको खबर छैन ।
सार्वजनिक भएका फुटेमा ती व्यक्तिले गोली हानिरहेको देख्न सकिन्छ। सामाजिक सञ्जालमा भेटिएको ती युवकको एउटा भिडियोमा समेत उनले पेस्तोल समातेको देखिन्छ ।
लकडाउनमा कारण घरमै रहेका उक्त टोलका मानिसहरुलाई अपरेसनको बेला घर छाड्न भनिएको छ। उनी रहेको घरको माथिबाट हेलिकोप्टर पचिलान गरिएको छ । एजेन्सी