logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना महामारी लामो समय रहने डब्लुएचओको चेतावनी


अंकुरण खबर
780
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले धेरै देशमा कोरोना भाइरसको महामारी शुरुवातमै रहेको भन्दै यो अझै लामो समय रहने चेतावनी दिएको छ।

जेनेभामा नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक डा। अधानोम टेड्रोसले धेरै देशमा संक्रमण फैलिएको र भाइरस सक्रिय रहेकाले अवस्था भयावह रहेको बताएका हुन्। पश्चिमी युरोपमा संक्रमण घट्दै गए पनि अफ्रिका, पूर्वी युरोप र केन्द्रीय तथा दक्षिण अमेरिकामा संक्रमणको अवस्था चिन्ताजनक रहेको महानिर्देशक डा। टेड्रोसको भनाइ छ।

‘यसैकारण संक्रमण नियन्त्रणका लागि घरभित्र बस्नु र भौतिक दूरी कायम राख्नुको विकल्प छैन, धेरै देशले अहिले यही उपाय अपनाइरहेका छन् तर पनि भाइरस खतरनाक रहेकाले संक्रमण लामो समयसम्म रहने देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले अझै संघर्ष गर्नुपर्ने हुन सक्छ।’

विश्वमा ठूलो संख्यामा मानिस अति संवेदनशील अवस्थामा रहेकाले महामारी सजिलैसँग फैलन सक्ने भन्दै महानिर्देशक टेड्रोसले विश्वव्यापी यात्रा प्रतिबन्ध फुकुवा गर्ने विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर महामारी बनेको छ। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म २६ लाख जना संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।