logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा ग्रिनकार्ड रोक्ने निर्णय लागु


अंकुरण खबर
806
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ ।

ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।

‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भनेका छन्, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको कर्तव्य हो ।’

अमेरिकी राष्ट्रपति ट्रम्प सुरुदेखि नै आप्रवासीहरुप्रति कठोर बन्दै आएका छन् । आप्रवासीप्रतिको ट्रम्पको व्यवहारलाई उनका आलोचकहरुले चुनावी मुद्दासमेत बनाउँदै आएका छन् ।