logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवरोध गर्ने इरानका सबै जहाजलाई ध्वस्त पार्न ट्रम्पले दिए निर्देशन


अंकुरण खबर
1.053K
Shares

कोरोना भाइरस महामारीको समयमा समेत अमेरिका र इरानको दुश्मनी सेलाएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा नीति लिएका छन्।

ट्रम्पले अमेरिकी जहाजलाई अवरोध गर्ने इरानको सबै जहाजलाई ध्वस्त बनाउन आफ्ना सेनालाई निर्देशन दिएका छन्। ट्रम्पले ट्वीट मार्फत नौ सेनालाई इरानमाथि आक्रमण गर्न निर्देशन दिइसकेको बताएका छन्।

‘इरानी हतियारसहितको जहाजले अमेरिकी जहालाई अवरोध गर्न खोजे इरानका त्यस्ता जहाजलाई ध्वस्त बनाउन मैले अमेरिकी नौसेसेनालाई निर्देशन दिएको छु।’, ट्रम्पले भनेका छन्।

सन् २०१४ देखि अमेरिकी सेना इराकमा तैनाथ छ। अमेरिकाले आइएस लगायतका आतंकवादी गतिविधि नियाली रहेको छ। हालैका दिनमा इरान र अमेरिकाबीच तनाव उत्पन्न भएको छ।

नर्थ अरेबियन गल्फमा हालै ११ इरानी इस्लामिक रिभोलुसन गार्ड्स कप्र्सका लडाकु जहाजले अमेरिकी पानीजहाजलाई अवरोध गरेका थिए। यसबीचमा इरानविरुद्ध ट्रम्पको पछिल्लो आक्रमक भनाइ आएको हो।

गत जनवरी ८ मा अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले इराकमा तैनाथ अमेरिकी सेनामाथि हिंस्रक गतिविधि बढाएको छ।