logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो


अंकुरण खबर
715
Shares

भारतमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । भारतमा अहिलेसम्म २१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भैसकेको वर्डोमिटरले जनाएको छ ।

पछिल्लो अपडेट अनुसार भारतमा २१ हजार ७ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ सय ८१ जनाको मृत्यु भएको छ । ४ हजार ३ सय ७६ जना निको भएर घर फर्किएका छन् ।

१६ हजार ७ सय ४० जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । भारतमा अहिलेसम्म ५ लाख भन्दा धेरैमा कोराना परीक्षण गरिएको छ । एजेन्सी