जापानमा कोरोना भाइरस महामारीका बीच डरलाग्दो सुनामीको चेतावनी दिइएको छ।
जापान सरकारको एक प्यानलले देशमा यस पटक सुनामीका कारण पानीका लहर ३० मिटर अर्थात ९८ फिट माथि उठ्न सक्ने चेतावनी दिएको छ ।
डरलाग्दो सुनामी एक शक्तिशाली भूकम्प पछि हुने छ। उक्त प्यानलका अनुसार ९ रेक्टर स्केल सम्मको भूकम्प जान सक्छ। भूकम्प र सुनामी बारे जानकार विज्ञहरूका अनुसार प्रशान्त महासागर अन्तर्गत पृथ्वीको प्लेटमा कुनै पनि बेला भूकम्प आउन सक्छ। भूकम्प गए जापानको होक्काइडो र इवाटे परफेक्टर सुनामीको चपेटामा पर्न सक्छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको टोकियो इलेक्ट्रिक पावर (टेपको) ले देशमा फेरि भयानक सुनामीको चेतावनी दिएको हो। बुधवार टेपकोले सरकारी रिपोर्टको मुल्यांकन गर्दै देशले फेरि पनि खतरनाक सुनामीको सामना गर्न पर्नु अवस्था आउँन सक्ने बताएको हो।
उक्त सुनामीको प्रभाव फुकुशिमा आणविक स्टेशनमा पनि पर्न सक्छ। ९ बर्ष अगाडी सन् २०११ मा उक्त स्टेशन भएर भूकम्प र सुनामी गएको थियो । उक्त क्षेत्र त्यसबाट धेरै क्षती भएको थियो। जापानको आधिकारिक प्यानलले भने महाभूकम्प जापानको उत्तरी भाग र कुरील टेन्चमा आउनसक्ने जनाएको छ। यसले जापानको उत्तरी भागलाई असर गर्न सक्छ।
सरकारी प्यानलका अनुसार जापानमा हरेक ३ सय देखि ४ सय वर्षमा ठूलो भूकम्प र महासुनामी आउने गर्छ। यसअघि १७ औं औं शताब्दीमा यस्तो भूकम्प र सुनामी आएको थियो। अब त्यो फेरि आउँने समय भइसकेको छ। प्यानलको रिपोर्ट अनुसार जापानको खाडो क्षेत्र होक्काइडो टापुबाट टाढा जाँदै छ।
उक्त क्षेत्र बोसा प्रायद्वीप तिर गइरहेको छ। जबकि कुरील टे्रन्च जापानको टोकाची टापुबाट रसियाको उत्तरपूर्वी भाग र कुरील टापुतिर गइरहेको छ। जापानका दुबै खाडीमा भइरहेको भौगोलिक घटनाहरूका कारण भूकम्प र सुनामीको सम्भावना प्रवल छ।