logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्‍पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो


अंकुरण खबर
806
Shares

नोभेल कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको स्पेनमा आजको तथ्यांकले केही आशा देखाएको छ ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने र नयाँ संक्रमित थपिनेको संख्यामा कमी आएको स्पेनमा शुक्रबार पछिल्लो एक महिनामै पहिलोपटक दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनमा पछिल्लो २३ घण्टामा कोरोना संक्रमणबाट ३६७ जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार ५२४ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याका आधारमा स्पेन अमेरिका र इटालीपछि तेस्रो नम्बरमा छ ।

स्पेनमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख २० हजार पुगेको छ । त्यसैगरी स्पेनमा ९२ हजार कोरोना संक्रमितको उपचार गरिएको छ । स्पेनमा हाल एक लाख ४ हजार सक्रिय संक्रमित रहेको बीबीसीले जनाएको  छ ।