logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्नीको हत्या गरेर आँफैले प्रहरीलाई फोन गरेपछि…


अंकुरण खबर
1.664K
Shares

दिल्लीको मादिपुरमा एकजना व्यक्तिले पत्नीको हत्या गरेका छन् ।

घरायसी विवादका कारण पत्नीको हत्या गरी शनिबार ती व्यक्तिले आँफैले प्रहरीलाई फोन गरेर हत्या बारे जानकारी गराएका हुन् ।

यो घटना दिल्लीको कोरोना भाइरसको जोखिमपूर्ण क्षेत्र मादिपुरको हो । घटनापछि आरोपित व्यक्तिले प्रहरीलाई फोन गरेर सामान्य विवादमा झगडा हुँदा हानेको र उनको तत्काल मृत्यु भएको जानकारी गराए ।

उनले घटनाबारे जानकारी गराएपछि प्रहरीले सो क्षेत्रबाट उनलाई बाहिर बोलाएर नियन्त्रणमा लिइ आइसोलेसनमा राखेको छ ।

मृतक महिलामा कोरोना संक्रमण नभएकोले उनको शव आफन्तलाई जिम्मा दिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।