logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन १५ सय बढि नयाँ थपिए


अंकुरण खबर
2.821K
Shares

भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । एकै दिन १ हजार ५ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् ।

वल्डो मिटर डट इन्फोको अनुसार भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । त्यहाँ आइतबार मात्र कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ९३९ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये ७ हजार १ सय ३७ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल २१ हजार ३ सय ७५ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।