भारतको मुम्बइमा कार्यरत ५५ वर्षभन्दा बढी उमेर भएका प्रहरीलाई घरमै बस्न आग्रह गरिएको छ ।
भारतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट तीन जना प्रहरीको मृत्यु भएपछि मुम्बइ प्रहरीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
अधिकारीहरुका अनुसार ५५ वर्षभन्दा बढी उमेरका प्रहरीलाई लकडाउन जारी रहेसम्म अर्थात् ३ मेसम्म घरमै बस्न आग्रह गरिएको छ ।
सोमबार मुम्बइमा ५६ वर्षीय एक प्रहरी अधिकारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
भारतमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र प्रभावित भएको छ । मंगलबारमात्रै पनि महाराष्ट्रमा पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महाराष्ट्रमा अन्य राज्यभन्दा धेरै ८ हजार ५०० कोरोना संक्रमित फेला परेका छन् । बीबीसी