logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले लगायो चिनियाँ र्‍‍यापिड टेस्ट किट्समा रोक


अंकुरण खबर
1.352K
Shares

भारतले चीनबाट कोरोना भाइरसको र्‍‍यापिड टेस्ट किट्स किन्ने अर्डर रद्द गरेको छ ।

भारतले चीनबाट ५ लाख किट ल्याउनका लागि अर्डर दिएको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अनुगमनको क्रममा उक्त किट त्रुटिपूर्ण पाइएकाले भारतले अर्डर रोक्ने निर्णय गरेको हो । साथै, भारतले अहिले प्रयोग भइरहेका किट्सहरु पनि फिर्ता गर्ने निर्णय गरेको छ ।

र्‍‍यापिड परीक्षण किट्सले रगतमा एन्टिबडी भएको वा नभएको पत्ता लगाउँछ । यसले कोराना भाइरसका संक्रमित पहिचान गर्न सजिलो हुन्छ । यसले आधा घन्टामा नतिजा दिन्छ । जसका माध्यमबाट सम्भावित संक्रमित भेट्न सजिलो हुन्छ । तर, र्‍‍यापिड परीक्षण किट्सले कोरोना भाइरसको परीक्षण भने गर्न सक्दैन ।