logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाभाइरसः सिंगापुरका शोधकर्ताले भने डिसेम्बरसम्म रहन्छ यो भाइरस


अंकुरण खबर
780
Shares

कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व त्राहिमाम भएको छ । कोरोनाका कारण विश्वभर दुई लाखभन्दा धेरैको ज्यान गएको छ, ३० लाखभन्दा बढी संक्रमित भएका छन् ।

विश्वभर आधाभन्दा बढी जनसंख्या अहिले कोरोनाका कारण घरभित्र बस्न बाध्य भएको छ ।

विश्वसँग भएको यो प्रश्नको जवाफ अब सिंगापुरका शोधकर्ताहरुले दिएका छन् ।

सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइनका शोधकर्ताहरुले अहिलेसम्मका तथ्यांकको विश्लेषण गर्दै विश्वभर कोरोनाभाइरस सकिनका लागि अझै केही महिना लाग्ने निष्कर्ष निकालेका हुन् ।

उनीहरुका अनुसार ९ डिसेम्बर २०२० मा यो भाइरस अन्त्य हुनेछ । उनीहरुले भारतमा यो भाइरस २६ जुलाईसम्म सकिने पनि निष्कर्ष निकालेका छन् ।

अमेरिकामा चाहिँ यो भाइरसको अन्त्य हुन २७ अगस्टसम्म कुर्नु पर्ने हुन्छ ।

स्पेन र इटालीमा पनि क्रमशः ७ अगस्ट र २५ अगस्टमा यो भाइरस पूर्णरुपमा अन्त्य हुने सिंगापुरका यी शोधकर्ताहरुको दाबी छ ।

उनीहरुले यो महामारीको अन्त्य हुनका लागि तीन विभिन्न अनुमानित समय बताएका छन् । यसका अनुसार कोरोना ९७ प्रतिशत, ९९ प्रतिशत र १०० प्रतिशत कहिले सकिन्छ भन्ने हो । एउटा ग्राफ निकालेर उनीहरुले यसबारे विस्तृत बताएका छन् ।

योअनुसार चीनमा पनि कोरोनाभाइरस ९ अप्रिलसम्म सकिनु पर्ने थियो । तर, अझै पनि चीनमा कोरोनाभाइरस संक्रमित भेटिइएका छन् । एजेन्सी