logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख कट्यो


अंकुरण खबर
1.261K
Shares

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ३५ हजार पुगेको छ।

मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १० लाख कट्ने अमेरिका पहिलो राष्ट्र बनेको छ।

त्यस्तै मर्नेको संख्या ५९ हजार दुई सय ६६ पुगेको छ। तर केही प्रदेशले नयाँ संक्रमित संख्या र मृत्यु दर घटेको भन्दै आर्थिक व्यवस्था पुनस् सुरू गर्ने तयारी गरेका छन्।

‘अब हाम्रा विज्ञहरू विश्वास गर्छन् कि महामारी हाम्रो पछाडि छ। अमेरिकनहरू अब सुरक्षित र छिटो पुनः आर्थिक गतिविधिलाई चलायमान गर्ने तयारीमा छन्,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजोमले लकडाउनमा रहेको आफ्नो राज्य पुन सञ्चालन गर्न चरणबद्धरूपमा रूपरेखा प्रस्तुत गरेका छन्।

क्यालिफोर्नियामा मात्रै एक हजार आठ सय बढीले ज्यान गुमाएका छन्। गभर्नर न्यूजोमका अनुसार विद्यालय र कलेजहरू जुलाइ र अगष्टमा सुरू हुन सक्नेछ। एजेन्सी