बुधबार बिहान बलिउड अभिनेता इरफान खानको असमायिक निधन भएको छ।
मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो ।
इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारमा बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती हुने छैनन् । उनको अन्तिम संस्कारमा जम्मा २० जना व्यक्तित्वहरु रहनेछन् । जहाँ इरफानको परिवार र उनका निकटहरु मात्र हुनेछन् ।
लकडाउनका कारण २० भन्दा बढि व्यक्तित्वहरु जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन् । इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताइएको छ ।
बलिउड मिडियामा उल्लेख भए अनुसार उनको लासलाई अंधेरीको यारी रोड, वर्सोवा क्रिबिस्तानमा राखिनेछ ।