logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा तरकारी किन्न गएका छोराले बुहारी लिएर घर फर्किएपछि…


अंकुरण खबर
1.417K
Shares

लकडाउनमा बजारमा तरकारी तथा खाद्यान्न किन्नका लागि बजार गएका छोराले बुहारी ल्याएर आएको घटनाले यतिबेला चर्चा पाएको छ ।

घटना भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामाको हो। यहाँका एक युवक लकडाउनका क्रममा खाद्यान्न र तरकारी लिन घरबाहिर निस्केका थिए। तर, घर फर्किंदा उनले साथमा बेहुली लिएर आए । लकडाउनमा अचानक छोराले दुलही लिएर आएपछि युवककी आमाको होश उड्यो ।

खासमा ती युवकले गर्लफ्रेण्डलाई पत्नी बनाएर लिएर आएका थिए । रिसाएकी युवककी आमाले बेहुलीलाई घरमा पस्न दिइनन् । त्यसपछि यो विवाद पुलिसमा पुग्यो । बेहुलीको पहिरनमा युवती र उनका साथमा युवक थानामा थिए । त्यहाँ युवककी आमा पनि आइन् र खुला शब्दमा भनिदिइन् कि लकडाउनको उल्लंघन गर्ने छोरालाई घरमा पस्न दिन्न ।

युवककी आमा राजी नभएपछि पुलिसले अहिले यी दुईलाई छुट्टै कोठा भाडामा लिएर बस्न भनेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । लकडाउनमा बेहुली र बेहुला प्रहरी चौकीसम्म पुगेपछि यस घटनाले चर्चा पाएको हो ।