logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेता ऋषि कपुरको गरियो अन्त्येष्टि, अन्तिम संकारमा आइपुगिनन् छोरी रिद्दिमा


अंकुरण खबर
1.573K
Shares

बिहीबार निधन भएका बलिउड अभिनेता ऋषि कपुरको अन्तेष्टि गरिएको छ।

अभिनेता कपूरको मुम्बईको चन्दनवाडी समसान घाटमा दिउँसो सदगत गरिएको हो । उनका छोरा एवं अभिनेता रणबीर कपुरले दागबत्ति दिएका थिए। अन्त्येष्टिको सबै प्रकिृया पुरा गरिएको छ।

लकडाउनको कारण प्रहरीले केही नजिकका मानिसहरूलाई अन्त्येष्टिमा सम्मिलित हुन अनुमति दिएको थियो । दिवंगत अभिनेता ऋषि कपूरकी छोरी रिद्धिमा कपुर दिल्लीमा रहेका कारण उनले आफ्नो बुबासँग अन्तिम भेट गर्न सकिनन् ।

लकडाउनका कारण समस्या भएकी रिद्धिमालाई दिल्ली प्रहरीले सवारी पास दिएको थियो । तर, उनी अन्त्येष्टिमा पुग्न पाइनन्।

कपूरको अन्त्येष्टिमा उनको परिवारका लगभग सबैजना उपस्थित थिए। भतीजी करिना कपूर, सैफअली खान, भतिजा अरमान जैन, कुणाल कपूर, छोरा रणबीर कपुर, पत्नी नीतु कपूर, भाई रणधीर कपुर शामिल थिए। उनीहरू बाहेक आलिया भट्ट, अभिषेक बच्चन, ऐश्वर्या राई बच्चन लगायतका केही व्यक्ति पनि अन्त्येष्टिमा उपस्थित थिए।

सन् २०१८ को सेप्टेम्बरमा ऋषि कपूरलाई क्यान्सर रोग लागेको थाहा भएको थियो। त्यसबेलादेखि लगातार क्यान्सरको उपचार गर्दै आएका अभिनेता कपुरको स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना भएका थिए। तर विदम्वना बिहीबार विहान अस्पतालमै सदाका लागि बिदा भए।

बुधबार अस्पतालमा रहँदासम्म स्वास्थ्यमा धेरै समस्या नरहेको देखिएका उनको असमायिक निभन भएको हो। अस्पतालमा रहाँदा खिचिएको भनिएको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।