logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा आज थप १२ जनामा देखियो कोरोना भाइरसको संक्रमण


अंकुरण खबर
715
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण चीनमा पुनः देखिन थालेको छ । पछिल्लो केही दिन यता चीनमा संक्रमण बढ्न थालेको छ ।

विहीबार चार जनामा कोरोनाको संक्रमण देखिएको शुक्रबार विहान समाचार तयार पार्दासम्म थप १२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

योसँगै चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ७४ पुगेको छ । तर, यीमध्ये ९० प्रतिशतभन्दा बढी ठिक भइसकेका छन् ।

तर, केही दिनयता चीनमा कोभिड १९ का कारण कसैको पनि मृत्यु भएको छैन । कोरोनाका कारण चीनमा मृत्यु संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।