logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहारमा १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार, मकैबारीमा बेहोस अवस्थामा फेला


अंकुरण खबर
1.053K
Shares

भारतको बिहारस्थित वैशाली जिल्लामा शुक्रबार बिहान एक १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।

चकलेटको प्रलोभन देखाएर चार जना पुरुषले मकैबारीमा लगेर सामूहिक बलात्कार गरेको अधिकारीहरुले जनाएका छन्।

गाउँका कृषकहरुले बेहोस अवस्थामा बालिकालाई भेटेका थिए। त्यतिबेला उनी रक्ताम्य थिइन्। तत्काल उनलाई नजिकैको सामूदायिक अस्पताल पुर्‍याइएपनि चिकित्सकले सादर अस्पताल लैजान रिफर गरेका थिए।

‘बालिका गम्भीर ट्रमामा छिन्। हामी उनको स्वास्थ्य सुधारको पर्खाईमा छौँ। त्यसपछि घटनाबारे बुझ्ने छौँ’, वैसालीका डीएसपी नुरुल हकले भने‍।

बालिकाका आफन्तले चार जना पुरुषविरुद्ध जाहेरी दिएका छन्। ती सबै आरोपित फरार रहेको प्रहरीले दावी गरेको छ। एजेन्सी