logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमण बढ्दो क्रममा, मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो


अंकुरण खबर
741
Shares

भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ ।

शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै दुई हजार चार सय ४२ जना संक्रमित थपिएका छन् ।

यो संख्या भारतमा भएको मृत्यु र संक्रमणको अहिलेसम्म्कै सर्वाधिक हो । यसअघि शुक्रबार भारतमा २ हजार ३ सय ९४ नयाँ संक्रमित थपिएका थिए भने ६९ जनाको मृत्यु भएको थियो ।

भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । संक्रमितमध्ये एक हजार ८ सय १९ जना उपचारपछि निको भएर घर फर्केका छन् । भारतमा संक्रमण नियन्त्रणका लागि आगामी जेठ चार गतेसम्म लकडाउन कायम गरिएको छ ।