logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हप्ताकै कम


अंकुरण खबर
780
Shares

स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हप्ता अर्थात् मार्च ८ यताकै कम देखिएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा १६४ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या २५ हजार २६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनमा कोरोना संक्रमितको संख्या दुई लाख १७ हजार ४६६ पुगेको छ ।

स्पेनमा सबैभन्दा बढी राजधानी मड्रिड र अर्को मुख्य सहर क्याटालोनियामा प्रभावित भएका छन् । मड्रिडमा ८ हजार ३३२ जनाको मृत्यु भएको छ भने क्याटालोनियामा ५ हजार १८५ जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्यामा कमी आइरहेको छ ।

विभिन्‍न चरणमा स्‍पेनमा जारी गरिएको लकडाउन खुकुलो बनाइएको छ भने सामाजिक दूरी कायम गर्ने विषयमा सजग रहन सचेत गराइएको छ । रोयटर्स